Aamsanchar

नक्कली नोट छाप्ने र कारोबार गर्ने तीन जना पक्राउ

Author Image
आइतवार, चैत ४, २०८०

काठमाडौं – ललितपुर प्रहरीले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले आइतबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट छाप्ने र कारोबार गर्ने गोदावरी नगरपालिका-३ टौखेल बस्ने करण प्रधान, काभ्रे मण्डनदेउपुर बस्ने सञ्जय अधिकारी र बेथानचोक घर भई बनेपा सबिन हुमागाईंलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

नक्कली नोटबाट कारोबारको सूचना आएपछि करण प्रधानलाई एक हजारको २० थान नक्कली नोटसहित पक्राउ गरिएको र सोधपुछ गर्ने क्रममा सञ्जय अधिकारीको पनि संलग्नता दखिएपछि १ सय १५ वटा एक हजार नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए।

त्यस्तै थप अनुसन्धान गर्दा मोबाइल पसल व्यवसाय गर्ने सबिन हुमागाईंलाई एक हजारको ६९ वटा र पाँच सयको १ वटा नक्कली नोटसहित पक्राउ गरिएको उनले बताए। पक्राउ परेका हुमागाईंले आफ्नै पसलमा नक्कली नोट छाप्ने गरेको खुलेको खनालले बताए।

 

उनीहरूबाट नक्कली नोट छाप्न प्रयोग हुने प्रिन्टर, सादा पेपर चार सय थान लगाएत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई मुद्रासम्बन्धी कसुरमा म्याद थप भइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर