Aamsanchar

स्कुले बालिका र महिलाहरूको अश्लील भिडियो बनाएको आरोपमा पक्राउ

Author Image
आइतवार, चैत ४, २०८०

वीरगन्ज – स्कुले बालिका र महिलाहरूको अश्लील भिडियो बनाएको आरोपमा प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका-५ बाट युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका-५ का ३० वर्षीय सज्जाद आलम अहमद रहेका छन्।

सज्जादले गाउँपलिका क्षेत्र भित्रका स्कुल पढ्ने बालिका र गाउँका महिलाहरूको अश्लील भिडियो बनाएको आरोपमा गाउँलेले आइतबार नियन्त्रणमा लिएर प्रहरी चौकी भिस्वाको जिम्मा लगाएका थिए। त्यसपछि स्थानीयले कडा कारबाहीको माग गर्दै भिस्वामा टायर बालेर प्रदर्शन गर्नुका साथै बजार पनि बन्द गराएपछि सज्जादलाई त्यहाबाट इलाका प्रहरी कार्यालय पोखरियामा ल्याएर राखिएको प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए।

सज्जादको साथबाट एक थान मोबाइल र २ थान पेनड्राइभ पनि बरामद गरिएको उनले बताए। साथै उनको मोबाइल र पेनड्राइभमा केही अश्लील भिडियो पनि भेटिएको उनले बताए। केही समय पहिले साउदी अरबबाट वैदेशिक रोजगारी गरेर नेपाल फर्किएपछि यता सज्जाद यस्तो गतिविधिमा लागेको स्थानीयबासीको आरोप छ।

 

आरोपित सज्जादलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको र पीडितहरूलाई लिखित जाहेरी लिएर आउन आग्रह गरिएको केसीले बताए। उनले भने,´पीडितबाट जाहेरी आएपछि त्यसकै आधारमा कारबाही प्रकृया प्रहरीले अगाडि बढाउँछ।`

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर