Aamsanchar

बम्बु क्षेत्र जंगलमा आगलागी

Author Image
सोमवार, चैत ५, २०८०

रसुवा – लाङटाङ पदयात्रा मार्गको बम्बु क्षेत्र जंगलमा आगलागी भएको छ । गोसाइकुण्ड गाउँपालिका–४ को लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गत गोसाइकुण्ड गाउँपालिका–४ को लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गत बम्बु क्षेत्रमा दश दिनदेखि लागेको आगो नियन्त्रणमा आउन नसकेको हो।

नेपाली सेनाले आगो निभाउने प्रयास गरिरहेको छ तर जटिल भूबनोटका कारण आगो नियन्त्रणमा आउन सकेको छैन । यो मौसममा आन्तरिक र विदेशी पर्यटकको घुँइचो लाग्ने लाङ्टाङमा अहिले पनि थुप्रै विदेशी तथा नेपाली पदयात्रीहरु लाङ्टाङ घुम्न गएका छन् ।

आगलागी नियन्त्रणमा आइनसकेका कारणले यहाँ घुम्न आउने पदयात्रीहरुलाइ सुरक्षा अपनाउन आग्रह गरिएको छ । भिरालो जमिन भएकोले आगलागी भएको ठाउँमा माथिबाट ढुङ्गा खस्न सक्ने भएकोले यात्री तथा स्थानीयलाई आवत जावत गर्दा होसियारी अपनाउन सूचना गरेको स्थानीय बम्बुका पर्यटन व्यवसायी डोल्मा तामाङले बताइन् ।

 

उनले भनिन् ‘डडेलो लाग्दा ठूला ढुङ्गा खस्ने जोखिम हुन्छ त्यसैले सुरक्षा सर्तकता अपनाउन सूचना गरेका छौं ।’
सेनाले समथर तथा पैदलमार्गतर्फको आगो निभाएका छन् । आगो लागेको भन्ने सूचना पाएपछि १५ जना नेपाली सेना र केही निकुञ्जका कर्मचारीको टोली आगो नियन्त्रणका लागि निरन्तर प्रयास गरिरहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । भिरालो पाखामा जोखिम धेरै भएकोले आगो नियन्त्रण गर्न कठिन भएको उनको भनाई छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)