Aamsanchar

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृ*त्यु, एकको अवस्था गम्भीर

Author Image
सोमवार, चैत ५, २०८०

काठमाडौं – अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ सिमल चौरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको एकको अवस्था गम्भीर छ।

सोमबार बेलुका साढे ५ बजे घर लिप्ने माटो लिन गएका महिलाहरुमध्ये दुई जना माटोको ढिस्कोमा पुरिएका थिए।

ढिस्कोमा पुरिएर शितगंगा–२ की ४० वर्षीय शारदा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए। घाइते ३८ वर्षीया राधा अधिकारीको अवस्था गम्भीर छ। उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको रिजालको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर