Aamsanchar

नेपानेमा जीप दुर्घटना हुँदा दुई जनाको मृ*त्यु

Author Image
सोमवार, चैत ५, २०८०

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग १ ज ७६५३ नम्बरको जीप दुर्घटना भएको हो।

घटनास्थलमा सवारी धनी एवं चालक अन्दाजी ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य पूर्ण पाइजाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले घारा र भुरुङ तातोपानीबाट प्रहरीको टोली घटनास्थल पुगेर शव सङ्कलन, पहिचान र अनुसन्धान थालेको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर