Aamsanchar

गौरीगञ्जमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

Author Image
सोमवार, चैत ५, २०८०

झापा। झापाको गौरीगञ्ज गाउँपालिका-१ स्थित हुलाकी सडक खण्डमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

हिजो बेलुका साढे ९ बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको मे. ४ प ४२२४ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जादै गरेको साईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाईते भएका साईकल यात्री गौरीगञ्ज-३ का ४० बर्षीय अकालु माझीको बि.एण्ड.सी हस्पिटल बिर्तामोड उपचारको क्रममा मृत्यु भएको हो भने,  मोटरसाईकलमा सवार ३५ बर्षीय खोद नारायण महतो, २६ बर्षीय रतनसिंह राजबंशी र २२ बर्षीय बिकाश महतोको उपचार भईरहेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)