Aamsanchar

धनगढी नगरप्रमुख हमाललाई ज्यान मार्ने, धम्की दिनेलाई प्रहरीले छलफलमा बोलाउने

Author Image
सोमवार, चैत ५, २०८०

काठमाडौं । धनगढी नगरप्रमुख गोपाल हमाललाई एक व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन्।

नगर प्रमुख हमाललाई वाह्टएपमा कल गर्दै राना थरका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन्।

राती ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गर्न निवेदन पेश गरेका छन्।

प्रशासनका सूचना अधिकारी शिवराज जोशीले नगर प्रमुखले पेश गरेको निवेदन जिल्ला प्रहरी कार्यालय पठाइएको बताए।

प्रहरी प्रवक्ता कुलदिप चन्दले धम्की दिने व्यक्तिलाई भोलि छलफलका लागि बोलाइएको बताए। उनले उक्त व्यक्ति सँग  छलफलपछि मात्र धम्कीको कारण थाहा हुने बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर