Aamsanchar

बागलुङ बस दुर्घटना अपडेट

Author Image
सोमवार, चैत ५, २०८०

काठमाडौं । बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटना सात जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्।

निसीखोला गाउँपालिका–६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ। गाडीमा ३२ जना यात्रु थिए।

उनले २५ जना घाइतेलाई उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जानकारी दिए।

बेलुकी भइसकेकाले उद्धारको काममा कठिनाइ भएको प्रहरीको भनाइ छ। पश्चिम रुकुमबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको हो।

मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर