![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/03/InShot_20240319_124519852.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाण्डौ – काठमाण्डौको महाराजगञ्ज नर्सिङ कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले आफूहरूले उठाएका मागहरू सुनुवाइ नगरेको भन्दै स्ववियुले तालाबन्दी गरेको हो । बिगत १५ दिनदेखि बीएमएस अध्ययनरत विद्यार्थीहरूले एकेडेमिक र क्लिनिकल गतिविधिहरूलाई बहिस्कार गर्दै आएका थिए ।
लामो समयदेखि क्याम्पसमा डीनसँग वार्तामा बसे पनि सम्बन्धित निकायले बेवास्ता गर्ने गरेको उनीहरूको आरोप छ । सम्बन्धित निकायले बेवास्ता गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम भएको स्ववियु उप–सभापति आकृति ढकालले बताउनुभयो । डीन कार्यालय, चिकित्सा शिक्षा अध्ययन संस्थान र क्याम्पस गरी तीनवटै निकायबाट विद्यार्थीका समस्या समाधान नगरुन्जेल ताला नखुल्ने उहाँको भनाइ छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
संस्थानले प्रवेश परीक्षा लिँदा एउटा फ्याकल्टी भनेर लिने, क्याम्पसमा आए पश्चात् परीक्षा लिँदा प्रश्नपत्र अर्कैै फ्याकल्टीको नाममा लिने गरेको स्ववियुको आरोप छ । संस्थानले स्वीकृतिपत्र पठाउँदा भित्र बीएम इनरोलमेन्ट गराउन भनेर पठाउने गरेको उप–सभापति ढकालले बताउनुभयो । क्याम्पसमा आएको १० महिना बितिसक्दा पनि हातमा पाठ्यक्रम समेत नपरेको उहाँको भनाई छ ।