Aamsanchar

देशव्यापी महिलावादी अनुपम अभियान आज दाङ आउँदै

Author Image
मङ्गलवार, चैत ६, २०८०

घोराही । सुदूरपश्चिमबाट सुरु भएको महिलावादी बस यात्रा आज दाङ आइपुग्ने भएको छ । देशव्यापी महिलावादी अनुपम अभियान आज दाङ आइपुग्ने भएको हो । अन्तरपुस्ता महिलावादी मञ्चको आयोजनामा सुरु भएको देशव्यापी महिलावादी अनुपम अभियान आज मंगलबार दिउसो घोराही आइपुग्ने र कार्यक्रम गर्ने स्थानीय व्यवस्थापन गरेको नेपाल महिला सामुदायिक सेवा केन्द्रले जानकारी दिएको छ । अभियानको कञ्चनपुरबाट सुरु भएको अभियान बर्दिया, बाँकेमा कार्यक्रम गर्दै दाङ आउने छ ।

न्यायिक र समतामूलक समाज बनाउन टेवा पु¥याउने, पछाडि पारिएका समुदाय र महिलाहरूका आवाज बुलन्द गर्दै उनीहरूलाई राष्ट्रको हरेक तहमा निर्णायक भूमिकामा पु¥याउने र आत्मसम्मान एवं आत्मनिर्भरता बढाउने उद्देश्यसाथ सुरु गरिएको अनुपम अभियानले मंगलबार आज दिउसो ३ बजे तुलसीपुर चोकमा विविध कार्यक्रम हुने अभियानका सदस्य एवं नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिनुभयो । साथै उहाँले दिउसो ३ बजे घोराहीको तुलसीपुर चोकमा हुने कार्यक्रममा सहभागी हुन सम्पूर्ण राजनीतिक दलका महिला नेतृत्वहरू, जनप्रतिनिधिहरू, सामाजिक संघसंस्था, महिला अधिकारकर्मीहरू एवं महिलाको क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्था, पत्रकारहरू लगायत सबैमा अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर