Aamsanchar

गोरखामा बलेरो जिप दुर्घटना

Author Image
मङ्गलवार, चैत ६, २०८०

सुलीकोट- गोरखामा बलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको गण्डकी गाउँपालिका–६ बन्टारबाट चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित फिस्लिङतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बा १९ च ८६५ नम्बरको बलेरो जिप फिस्लिङ बजारतर्फ यात्रु र तरकारी बोकेर जाँदै गर्दा मङ्गलबार मध्याह्न १२ः३० बजे फिस्लिङ बजारमा ब्रेक फेल भई दुर्घटनमा परेको हो । घाइतेहरुको फिस्लिङ स्वास्थ्य स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर