अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगर भित्रका असल बुहारीहरूलाई सम्मान गरेको छ। नगरपालिकाका १२ वटै वडा भित्रका ९० वर्ष माथिका वृद्धवृद्धाहरू पाल्ने ७५ जना असल बुहारीहरूलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए।
उपप्रमुख असल बुहारी सम्मान कार्यक्रमअन्तर्गत ७५ जना बुहारीलाई सम्मान गरिएको हो। उनले वृद्धवृद्धालाई वृद्धाश्रममा नराखेर घरघरमा स्याहार सुसार गर्नुपर्छ भन्ने सन्देश दिनका लागि छुट्टै प्रकृतिका नयाँ कार्यक्रम गरेको बताए।
वडा कार्यालयले गरेको सिफारिसका आधारमा करुवा, खादा र आउने जाने भाडासहित सम्मान गरिएको हो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 30