Aamsanchar

११ जिल्लाका सीडीओ फेरिए, तेह्रथुममा मीना अर्याल र ताप्लेजुङमा रविन्द्र आचार्यलाई सरूवा

Author Image
मङ्गलवार, चैत ६, २०८०

काठमाडौं – गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको छ ।

संखुवासभाको प्रजीअमा ध्रुब बहादुर खड्कालाई पठाइएको छ । सुर्य बहादुर खत्रीलाई अर्घाखाँची, बुद्धबहादुर गुरुङलाई लमजुङ र नारायण ढकाललाई ओखलढुंगाको प्रजिअमा पदस्थापन गरिएको छ ।रोल्पामा खिम बहादुर रायमाझी, जाजरकोटामा ऋषिराज आचार्य र धनुषामा रामुराज कडरियालाई पदस्थापन गरिएको छ । खोटाङको प्रजिअमा शिव कुमार कार्कीलाई सरुवा गरिएको छ । दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा यज्ञराज जोशी, तेह्रथुममा मीना अर्याल र ताप्लेजुङमा रविन्द्र आचार्यलाई सरुवा गरिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर