Aamsanchar

धर्मराज विष्ट हत्याकाण्डको योजनाकार एक महिला १६ वर्षपछि पक्राउ

Author Image
मङ्गलवार, चैत ६, २०८०

काठमाडौँ – ललितपुरमा भएको हत्याकाण्डको योजनाकार रहेकी एक महिलालाई नेपाल प्रहरीले १६ वर्षपछि पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा धादिङ घर भई हाल ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सविता थापा ९अधिकारी० भन्ने सोभिता थापा रहेकी छन् ।
२०६४ साल असार २६ गते ललितपुरको शंखमुखलमा ललितपुर ईमाडोल घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको थियो । उक्त घटनाको योजना सोभिता थापाले बनाएकी थिइन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार थापाले आफ्नो भाइ विनोद थापासहित तीन जनालाई विष्टमाथि कुटपिट गर्न लगाएकी थिइन् । कुटपिटबाट सख्त घाइते भएका विष्टको उपचारको क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर