Aamsanchar

चैत १४ देखि १६ गतेसम्म नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन हुने

Author Image
बुधवार, चैत ७, २०८०

काठमाण्डौ – नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन काठमाण्डौमा हुने भएको छ । विश्वव्यापीरूपमा संस्कृतप्रतिको रुचि र सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा संस्कृतको प्रभावको अन्वेषणका लागि छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।

नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप), केन्द्रीय संस्कृत विश्वविद्यालय, नयाँदिल्ली र इन्डिया फाउन्डेशन, नयाँदिल्लीको संयुक्त आयोजनामा यही चैत १४ देखि १६ गतेसम्म काठमाण्डौमा सम्मेलन आयोजना गर्न लागिएको हो ।

आजको विश्वले संस्कृतलाई अध्ययनको विषय बनाउन थालेका सन्दर्भमा सम्मेलनमा छलफल हुने आयोजक समितिका संयोजक डा।प्रेमराज न्यौपानेले जानकारी दिनुभयो । नेपाल–भारत संस्कृत सम्मेलन यसअघि पनि नेपालमा भएको थियो ।

नेपालमा वि।सं।२०२४ मा पहिलो पटक दाङमा नेपाल–भारत संस्कृत सम्मेलन गरिएको थियो । त्यस सम्मेलनले नेपालमा संस्कृत विश्वविद्यालय स्थापना गरिनुपर्ने घोषणापत्र जारी गरेको थियो । त्यही सम्मेलनदेखि संस्कृत विश्वविद्यालय स्थापनाका बारेमा बहस शुरु भएको थियो । फलस्वरुप वि।सं।२०४३ मा महेन्द्र संस्कृत विश्वविद्यालय स्थापना भयो ।

वि।सं। २०६३ वैशाख ११ गतेको परिवर्तनपछि विश्वविद्यालयको नाम फेरि नेपाल संस्कृत विश्वविद्यालय राखिएको हो । त्यसैगरी दोस्रो पटक २०५१, तेस्रो पटक २०७५ र चौथो पटक २०७६ मा काठमाण्डौमा नेपाल–भारत संस्कृत सम्मेलन भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)