Aamsanchar

तरकारी खेतीमा माथिबाट छोपेको परालमा आग्लागी हुँदा एक जनाकाे घटनास्थलमै मृ*त्यु

Author Image
बुधवार, चैत ७, २०८०

झापा-झापाको गौरीगञ्ज गाउँपालिका-१ बिर्खेबस्ति स्थितमा आगोले जली एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ बर्षीय निलकन्ठ घिमिरे रहेका छन् । आज बिहान तरकारी खेतीमा माथिबाट छोपेको परालमा अचानक आग्लागी हुँदा घिमिरेको आगोले जलि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ  । प्रहरी चौकी महाभाराबाट प्रहरी टोली खटिगई घट्नास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली खटिगई मृतक शवलाई सम्पुर्ण कानुनी प्रकृया पुरा गरी पोष्टमाटमको लागि दमक अस्पताल दमक पठाईएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर