Aamsanchar

विद्युतको ट्रान्सफर्मर चोर्ने अज्ञात चोर समूह सक्रिय

Author Image
बुधवार, चैत ७, २०८०

थाहाखबर

रौतहट – पछिल्लो रौतहटमा विद्युतको ट्रान्सफर्मर चोरीको घटना बढ्दै जान थालेको छ। विशेष गरी गाउँबाट बहिर वा सुनसान ठाउँमा लगाइको ट्रान्सफर्मर चोरी हुने गरेको हो।

विद्युतको ट्रान्सफर्मर चोर्ने अज्ञात चोर समूह सक्रिय भएपछि विद्युत प्राधिकरणलाई समस्या भएको छ।

एकैदिन जिल्लाको दुई स्थानबाट विद्युतको ट्रान्सफर्मर चोरी भएका छन्। परोहा नगरपालिका– ८ मोतिपुरमा जडान गरिएको विद्युतको ट्रान्सफर्मर अज्ञात चोरहरुको समूहले चोरी गरेको हो।

विद्युत् प्रवाह गर्नको लागि लगाइएको सो ट्रान्सफर्मरभित्र रहेको महत्वपूर्ण सामग्री खोलेर लागेको अवस्थामा खोको भेटिएको छ। स्थानीयहरुका अनुसार बिहान हेर्दा ट्रान्सफर्मरभित्र भएको विद्युतको तेल र तामा निकालिएको अवस्थामा भेटिएको हो।

ट्रान्सफर्मर चोरी भएपछि सो वडाको विद्युतीय सेवा अवरुद्धसमेत भएको छ। त्यस्तै जिल्लाको चन्द्रपुर नगरपालिका– १० बालचनपुरमा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बिजुलीको ट्रान्सफर्मर चोरी भएको छ।

५० केभी पावरको ट्रान्समिटर चोरहरुले राखेको ठाउँबाट तल झारी त्यसमा रहेको तामा निकालेर लगेको बालचनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बलिराम साहले बताए।

सोमबार साँझसम्म सही सलामत रहेको बिजुलीको ट्रान्समिटर मंगलबार बिहान हेर्दा खोक्रो मात्र रहेको र त्यसभित्र रहेको तामा चोरहरुले निकालेर लगेको अवस्थामा पाइएको अध्यक्ष साहले जानकारी दिए। बिजुलीको ट्रान्समिटरभित्र रहेको तामा निकालेर लगि खोक्रो मात्र छोडेका चोर समूहको खोजीका लागि खानेपानी तथा सरसफाई उपभोक्ता समितिले इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा निवेदन दिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर