Aamsanchar

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपाल आउँदै

Author Image
बुधवार, चैत ७, २०८०

काठमाडौं –बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपाल आउने भएकी छन् । आरबी डायमन्ड ज्वेलर्सले आफ्नो २७औं वार्षिकोत्सवमा बलिउड अभिनेत्री फर्नान्डेजलाई नेपाल ल्याउने भएको हो ।

आरबीले ३० मार्चमा आफ्नो २७औं वार्षिकोत्सवको उपलक्ष्यमा ज्वेलरी रनवे गर्दैछ । उक्त कार्यक्रममा फर्नान्डेज सहभागी हुनेछिन् ।

ज्वेलरी रनवेमा आरबी डायमँडले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरू प्रदर्शन गर्नेछ । रनवेको शो स्टपरको भूमिका निर्वाह गर्न ज्याकलिन नेपाल आउन लागेकी हुन् ।

शो ओपनरको रूपमा भने हलिउड अभिनेता तथा मोडल किम गुडबर्न आउने भएका छन् । उनले रनवेमा आरबीको पुरुषका डायमन्ड कलेक्सनहरू प्रस्तुत गर्नेछन् ।

आरबीले गरेको पत्रकार सम्मेलनमा ज्याकलिनले भिडियो सन्देशमार्फत आफू कार्यक्रममा सहभागिको समयको प्रतिक्षामा रहेको बताएकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर