![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/03/InShot_20240320_164125448.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाडौं – फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश बनेको छ । संयुक्त राष्ट्र संघीय एजेन्सीले सार्वजनिक गरेको ‘वर्ल्ड ह्याप्पिनेस इन्डेक्स’का अनुसार खुसी देश बनेको हो ।
सूचकांक पहिलो नम्बरमा रहेको फिनल्यान्ड लगातार सातौँ वर्ष विश्वको सबैभन्दा खुसी राष्ट्र बनेको हो । बुधबार सार्वजनिक प्रतिवेदनका अनुसार अफगानिस्तान सबैभन्दा कम खुसी देशका रूपमा १४३औँ स्थानमा छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
नेपाल सूचांकको ९३औँ स्थानमा छ । चीन ६०औँ स्थानमा र भारत १२६औँ स्थानमा छ । नेपालभन्दा बढी खुसी इराक ९२औँ स्थानमा र कम खुसी लाओस ९४औँ स्थानमा छ । अमेरिका २३औँ स्थानमा छ । यस्तै, रूस ७२ र युक्रेन १०५औँ स्थानमा छ ।
फिनल्यान्ड, डेनमार्क, आइसल्यान्ड, स्विडेन, इजरायल, नेदरल्यान्ड्स, नर्वे, लक्जमवर्ग, स्विट्जरल्यान्ड र अष्ट्रेलिया क्रमशः सबैभन्दा खुसी एकदेखि १०औँ स्थानमा छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 49