Aamsanchar

धरानमा घाँटी रेटेको अवस्थामा किशोरीको शव फेला

Author Image
बुधवार, चैत ७, २०८०

विराटनगर – धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको सिमानाको खोल्सा नजिकै घाँटी रेटेको अवस्थामा किशोरीको शव फेला परेको छ। अन्दाजी १८, १९ वर्ष उमेरको देखिने किशोरीको शव बुधबार दिउँसो फेला परेको हो।

धरान उपमहानगरपालिका–१८ स्थित प्रतिष्ठान नजिकै रहेको वरको रूख नजिकै किशोरीको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

शव भेटिएको स्थान वरपर तालिमप्राप्त कुकुर समेत लगेर अनुसन्धान गरेको प्रहरीले जनाएको छ। किशोरीको शव अहिले घोपास्थित पोष्टमार्टमका लागि राखिएकोे इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर