Aamsanchar

गृहमन्त्रीको निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प २४ सै घण्टा खुला

Author Image
बिहिवार, चैत ८, २०८०

काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प हिजो (चैत ७ देखि) २४ सै घण्टा खुला गरिएको छ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हलचोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गर्न थालिएको हो।

यसअघि नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालका अनुसार प्रहरीको पेट्रोल पम्प बेलुका ११ बजेसम्म र सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काका अनुसार सशस्त्रको पेट्रोल पम्प १० बजेसम्म खुला हुने गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर