Aamsanchar

पथरीशनिश्चरेमा छ केजी गाँजासहित एकजना पक्राउ

Author Image
बिहिवार, चैत ८, २०८०

मोरङ । मोरङको पथरीशनिश्चरेमा ६ केजी गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा जिल्ला सागुँरीगढी नगरपालिका वडा नं ३ बस्ने ४२ वर्षिय प्रेमकुमार याख्खा रहेका छन् ।

६ वटा पोकामा म्याक गरि जेब्रा झोलामा बोकेर हिडिरहेका याख्खालाई इलाका प्रहरी कार्यालय पथरीबाट खटीएको टोलीले पथरीशनिश्चरे वडा नं २ छ्यालिस विघेबाट पक्राउ गरेको इलाका प्रहरी कायाएलय पथरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) गणेशबहादुर श्रेष्ठले जानकारी दिए । पक्राउ परेका याख्खालाई इलाका प्रहरी कार्यालय पथरीमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर