Aamsanchar

चलचित्र ‘महाजात्रा’ को अन्य शहर भन्दा बिर्तामोडमा बढी चर्चा, बिर्तामोड (QFX) ले दैनिक ११ सो देखाउने 

Author Image
बिहिवार, चैत ८, २०८०

बिर्तामोड ।  चैत्र ९ गतेबाट विश्वव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाजात्रा’ को पूर्व चर्चा झापाको बिर्तामोडमा सायदै देशकै अन्य शहरहरू भन्दा धेरै भएको छ ।
एक साता अघि महाजात्रा मा अभिनय गर्ने कलाकारहरू हरिवंश आचार्यसँगै रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेल लगायतको टोली बिर्तामोडमा प्रचार प्रसारका लागि आउनु, सोही बेला चर्चित टेलिभिजन कार्यक्रम  कमेडी क्लवको टिम चलचित्र महाजात्राको प्रचारकै लागि ‘कमेडी नाइट विथ च्याम्यिन’ कार्यक्रम लिएर अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापा बिर्तामोड आउनु त्यस्तै अर्को महत्वपूर्ण कार्यक्रम हिजो मात्र जयनेपाल प्रतिभा प्रतिष्ठानको आयोजनामा भएको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मानमा महाजात्रा का एक मुख्य पात्र हरिवंश आचार्य पनि सम्मानित हुनु, सो कार्यक्रममा पनि महाजात्रा को प्रचार भएकाले बिर्तामोडमा महाजात्रा को चर्चा चुलिएको चलचित्रकर्मी राजकुमार पोखरेलको भनाई छ ।

आक्रामक प्रचार र काठमाडौंमा भएको प्रिमियर सो हेरेर मिडियामा आइरहेको प्रतिक्रिया, समीक्षाका कारण पनि चलचित्र ‘महाजात्रा’ को चलचित्र हलमा प्रर्दशनी यात्रा सुखद हुने पोखरेलले आमसंचारलाई बताए ।

यती बेला देशमात्र हैन विदेश सबै तिर ‘महाजात्रा’ मय भैरहेको छ । नेपाली चलचित्र बजारमा प्रतीक्षित बनेको चलचित्र ‘महाजात्रा’ चैत्र ९ गतेबाट विश्वव्यापी रुपमा प्रदर्शनमा आउन लागिरहँदा चलचित्र निर्माण टिम, दर्शकहरू मात्र हैन सिनेमाहल सञ्चालकहरू पनि निकै खुशी र उत्साहित छन ।

नेपाली सिने जगतमा तिहारमा रिलिज भएको झापाली निर्देशक निस्चल बस्नेतको ‘दिमाग खराब’ पछि कुनै पनि नेपाली फिल्मले राम्रो संख्या मा हलमा दर्शक पाउन सकेको थिएन ।  हल हाउसफुल हुने कुनै पनि फिल्म नआएर हल संचालक को दिमाग खराब भैरहेको अवस्थामा यतिबेला सिक्केवल फिल्म माहाजात्रा ले हल तताउने मा आफूहरू ढुक्क रहेको (QFX) बिर्तामोडका म्यानेजर केदार बस्नेत बताउँछन् । किनकि नेपाली फिल्मी जगतमा सिक्वेल फिल्म फल्प भएको कुनै पनि उदाहरण छैन । तसर्थ यस फिल्मले अवश्य हलमा दर्शक फर्किन्छन भन्नेमा विश्वस्त छौ बस्नेतले थपे । फिल्महरू बिभिन्न विषय बस्तुमा तयार हुन्छन तर जात्रा फिल्म सँधै कमेडी विषय बस्तुमा तयार भएको फिल्म भएकोले दर्शकले भरपुर आनन्द लिनु हुनेमा आफू ढुक्क रहेको बस्नेतको दावी छ ।

बस्नेतले भने ‘महाजात्रा हेर्नको लागि दर्शको उत्साह बढेको छ । नियमित सो बाट दर्शले रिलिज भएको महिना दिनमा पनि महाजात्रा हेर्न नपाउने अवस्था देखिएकोले धेरै भन्दा धेरै दर्शकलाई छिटो महाजात्रा हेर्ने अवसर जुराउन बिर्तामोड वान स्टप मलमा रहेको (QFX) हलले अतिरिक्त सो समय थपेर बिहान ७ः४५ देखि राती ९ः १५ सम्म दैनिक ११ पटक महाजात्रा देखाउने तयारी गरेको छ ।’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर