Aamsanchar

कोशी प्रदेशमा २०८१ सालमा पाँच दिन सार्वजनिक बिदा

Author Image
शुक्रवार, चैत ९, २०८०

विराटनगर – कोशी प्रदेश सरकारले २०८१ सालमा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले बताए ।

प्रदेश सरकारले २०८१ सालमा पाँच दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उनको भनाइ छ । यसैगरी,आजको मन्त्रिपरिषद् बैठकले प्रदेशका प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको छ । १४ वटै जिल्लाका १र१ जना उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गर्ने निर्णय भएको हो ।

यस्तै,बैठकबाट रिक्त रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विन्दिया कार्की र सदस्यमा मदन खड्का र गौरीमान राईलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री सुनुवारले जानकारी दिएका छन् ।

 

बैठकले प्रदेशसभाका दुईजना सदस्यलाई कूटनीतिक राहदानीका लागि सिफारिस गर्ने,संघीय सरकारको सहमतिमा प्रदेश सरकारबाट प्रहरी चौकीहरू निर्माणका लागि बजेट दिने स्वीकृति प्रदान गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय समानीकरण अनुदान निर्धारण गरी बाँडफाँड गर्ने,बेरुजु न्यूनीकरण तथा फर्छयौटसम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा विकास साझेदार पोर्टल ‘डिपि पोर्टल’ प्रयोगमा ल्याउने निर्णय भएको मन्त्री सुनुवारले बताएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर