Aamsanchar

२०५६ सालमा हत्या गरेर भागेका प्रतिबादी पक्राउ

Author Image
शुक्रवार, चैत ९, २०८०

काठमाडौँ – काठमाडौँ महानगरपालिका–२१ स्थित लगनटोलमा २०५६ मा हत्या गरेर भागेका प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न रहेर फरार भएका रामकाजी पोडे पक्राउ परेका हुन् ।
उनलाई कास्कीको लेखनाथ नगरपालिका–११ स्थित फुलबारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए । पोडे दुरसञ्चार प्राधिकरणमा मेन्टिनेन्सको काम गर्छन् । २०५६ जेठ २ मा रामकाजी पोडे समेतले लगनटोलमा कृष्ण पोडेको हत्या गरेको प्र्रहरीको अनुसन्धान निष्कर्ष छ । घरायसी विवादमा लगन बस्ने सविन्द्र पोडे, श्याम पोडे र रामकृष्ण पोडे समेतको समूहले बन्चरो प्रहार गरेर कृष्णको हत्या गरेका हुन् ।

जिल्ला अदालत काठमाडौँले सो मुद्दामा श्याम पोडे र रामकृष्ण पोडेलाई जन्मकैद ठहर गरेको थियो । रामकाजीको हकमा मुद्दा मुलतवी राखिएको थियो । जिल्ला अदालतले २०५९ मा चैत ७ मा मुलतवी राखेको मुद्दामा रामकाजीबारे पुनः सुनुवाइ हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)