Aamsanchar

लागुऔषध सहित १० जना पक्राउ

Author Image
शुक्रवार, चैत ९, २०८०

बिराटनगर। झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा मातहत कार्यालयहरुबाट लागुऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर १६ ग्राम ९५० मिलिग्राम र प्रतिबन्धित औषधी abbott, Diazepam गरी जम्मा १४७ एम्पुल र नगद ११ हजार ८ सय रुपैया सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ भने सोहि दिन मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट १२ ग्राम ८० मिलिग्राम ब्राउन सुगर, औषधी एभिल, लुपिजेशिक गरी १२ ट्याब्लेट र २४ के।जी अवैध गाँजा सहित जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको छ ।

त्यस्तै सुनसरीको ईटहरी उप-महानगरपालिका-१ पिपल चौकबाट १ ग्राम २४० मिलिग्राम र नगद ८ हजार ५ सय रुपैया सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर