Aamsanchar

हिरासत नबस्ने नियत राखेर अस्पताल भर्ना हुने प्रवृत्तिबारे गृहमन्त्री लामिछानेले छलफल गरे

Author Image
शनिवार, चैत १०, २०८०

काठमाडौं । प्रहरीले नियन्त्रण लिए पछि विरामी नै नभई हिरासत नबस्ने नियत राखेर अस्पताल भर्ना हुने प्रवृत्तिबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल गरेका छन् ।

काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री लामिछानेले स्वस्थ्य व्यक्ति समेत हिरासत छल्ल अस्पतालमा बस्ने प्रवृत्ति रोक्न काउन्सिलबाट सुझाव मागेका थिए । छलफलमा गृहमन्त्री लामिछानेले विदेशका व्यवस्थासहित नेपालमा हालसम्म भएका घटना र प्रवृत्तिको अध्ययन बेथिति न्यूनीकरणका उपायसहितको प्रतिवेदन दिन आग्रह गरे । यसबारे मन्त्रालयले सोमबार काउन्सिललाई पत्राचार गर्नेछ ।

छलफलमा सहभागी काउन्सिलका सदस्य डा. कुञ्जाङ शेर्पाले यो प्रवृत्तिबारे गृह मन्त्रालयले पहिलोपटक चासो राखेको बताए । छलफलमा डा. शेर्पासहित काउन्सिलका सदस्यहरू डा. रुपक घिमिरे, डा. प्रणयरत्न शाक्य र डा. कालुसिंह खत्री सहभागी थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)