Aamsanchar

हिमाली र पहाडी क्षेत्रमा होली मनाइँदै

Author Image
आइतवार, चैत ११, २०८०

आज फागु पूर्णिका (होली पर्व) देशका अधिकांश क्षेत्रमा मनाइँदै छ । विशेषगरी यो पर्व आज काठमाडौं उपत्यकासँगै हिमाली र पहाडी क्षेत्रमा होली मनाइँदै छ । तराई–मधेशमा भने सोमवार होली परेको छ ।होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने गरेको किम्बदन्ती छ ।

एकअर्काका रङ दलेर होली मनाइने गरिन्छ । यसर्थ यसलाई रङहरूको पर्व पनि भनिन्छ । यो दिन सार्वजनिक बिदा परेकाले विभिन्न कन्सर्ट र सांस्कृतिक कार्यक्रम पनि हुने गरेका छन् ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले होली पर्वको उपलक्ष्यमा शुभकामना दिएका छन् । शनिवार साँझ शुभकामना दिँदै उनले होलीले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् ।

उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर