Aamsanchar

दुर्गा प्रसाईँले आफूलाई हत्या प्रयास गरेको ओलीकाे आरोप

Author Image
आइतवार, चैत ११, २०८०

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईँले आफूलाई हत्याको प्रयास गरेको आरोप लगाएका छन्।

एक युटुवलाई अन्तर्वाता दिँदै ओलीले प्रसाईं समूहले २०६४ सालमा आफूलाई हत्याको प्रयास गरेको बताएका हुन्। अन्तर्वार्ताका क्रममा उनले भने, ‘दुर्गा प्रसाईँको समूहले २०६४ सालमा दिनदहाडै बाटो छेकेर हत्याको प्रयास गरेका हुन, त्यसको अग्रभागमा प्रसाईं नै थिए। उनले ठाउँ भने खुलाएनन्।

पछि प्रसाईंले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीलाई घरैमा बोलाएर मार्सी चामलको भात खुवाएको फोटो सामाजिक सञ्जाललमा खुब चर्चामा थियो।

माओवादी हुँदै एमालेको केन्द्रीय सदस्यसम्म बनेका प्रसाईं अहिले राजा फर्काउने भन्दै विभिन्न समूहको अगुवाइ गरिरहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर