Aamsanchar

‘महाजात्रा’को दुई दिनको कलेक्सन कति ?

Author Image
आइतवार, चैत ११, २०८०

काठमाडौं – नेपाली कथानक चलचित्र ‘महाजात्रा’ले आकर्षक ओपनिङ गरेको छ । देशभर उच्च शो पाएको चलचित्रले काठमाडौंभित्र र बाहिर नै राम्रो कमाई गरेको हो ।

निर्माता दीपेश खत्री ‘म्याक्स’का अनुसार काठमाडौं उपत्यका र बाहिर गरेर शुक्रबार चलचित्रले एक करोड २३ लाख ग्रस कलेक्सन गरेको छ । शनिबार एक करोड ८३ लाख गरी दुई दिनमा तीन करोड ६ लाख ग्रस कलेक्सन गरेको हो ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रले शुक्रबार ३४२ भन्दा धेरै शो पाएको थियो । ‘महाजात्रा’ नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा रिलिज भएको छ ।

आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो । चलचित्रमा विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकार मुख्य भूमिकामा छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर