Aamsanchar

दाङमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जनाको मृ*त्यु

Author Image
आइतवार, चैत ११, २०८०

घोराही-दाङमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

एक जनाको घटनास्थलमा र अर्का एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ । मल्लका अनुसार राजपुर गाउँपालिका– ५ जंग्रहवा र नौसराबिचमा रहेको कोरिया खोला पुल नजिकै शनिवार राती रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा राजपुर गाउँपालिका–५ नौसहरा निवासी २४ वर्षीय प्रमोद यादवको घटनास्थलमा र सोही ठाउँ निवासी २४ वर्षीय प्रदीप यादवको लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागी बुटवल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटना बारेमा थप अनुसन्धान गरिरहेको मल्लले जानकारी दिनुभएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर