काठमाडौं – आज फागु पर्व काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ। वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ।
यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ। फागु पर्व होली नामले पनि चिनिन्छ। अहिले सडक, चोकचोक तिर होलीको रौनक छ। प्रहरीले अपरिचत मानिसहरूसँग होली नखेल्न आग्रह गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले अपरिचित मानिसले दिएको खानेकुरा नखान पनि आग्रह गरेको छ। प्रहरीले भनेको छ,‘आफूसँग आत्मीय रुपमा नजिक भएका व्यक्ति,साथी वा आफन्तसँग मात्रै होली खेलौँ।’
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 52