Aamsanchar

ताप्लेजुङस्थित पारिवारिक निजी वन सङ्घ नेपालको अध्यक्षमा पुनः इन्द्रबहादुर

Author Image
आइतवार, चैत ११, २०८०

ताप्लेजुङ- ताप्लेजुङस्थित पारिवारिक निजी वन सङ्घ नेपालको अध्यक्ष पुनः इन्द्रबहादुर गुरुङ चयन हुनु भएको छ। सदरमुकाम फुङ्लिङमा आइतबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले गुरुङ अध्यक्ष रहेको १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

कार्यसमिति उपाध्यक्षमा तोयानाथ गौतम, सचिव वसन्त पालुङ्वा, उपसचिव माला पालुङ्वा र कोषाध्यक्षमा गणेशकुमार श्रेष्ठ चयन हुनुभएको छ। यस्तै दिनेश अधिकारी, गङ्गा लिङ्खिम, मोहन निरौला ,वेदनिधि पौडेल, सङ्गीता कार्की, गायत्री भण्डारी, सुवास घिसिङ, हर्कबहादुर गुरुङ, विष्णुमाया गुरुङ र भद्रबीर रेग्मी कार्यसमिति सदस्यमा चयन हुनुभएको छ।

नवगठित कार्यसमितिलाई पारिवारिक निजी वन सङ्घ नेपाल कोशी प्रदेश समिति सदस्य तथा अधिवेशनका प्रमुख अतिथि यीगेन्द्रकुमार गुरुङले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ। जिल्ला अधिवेशनको उद्घाटनमा प्रमुख अतिथि गुरुङ, विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझा लगायतले शुभकामना दिनुभएको थियो। कार्यसमितिको कार्यकाल चार वर्षको हुने बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर