Aamsanchar

गृहमन्त्री लामिछानेले भने : सहकारीको पैसा अपचलन गर्नेको सम्पत्ति खोजेर भए पनि बचतकर्तालाई फिर्ता हुन्छ

Author Image
आइतवार, चैत ११, २०८०

चितवन – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागि परेको दाबी गर्नुभएको छ । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सहकारी पीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताउनुभयो । सहकारीको पैसा अपचलन गर्नेको सम्पत्ति खोजेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्ने उहाँले बाचा गर्नुभएको छ ।

गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताउनुभयो । सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीबी राईलाई पक्राउ गर्नको लागि सरकारले पूरै शक्ति परिचालन गरेको उहाँले बताउनुभयो ।

सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिलेनै सार्वजनिक गर्न नहुने भन्दै उहाँले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारले गरेका कामको नतिजा पूर्णरुपमा आउने उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा उहाँले चेपाङ् समुदायका लागि राज्यको उपस्थिति हुनेगरी सरकारले काम गर्ने बताउनुभयो । विज्ञहरु र सरोकारवाला प्रतिनिधिसँगको छलफलबाट यस वर्ष बजेटमै राखेर काम गर्न लागिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर