Aamsanchar

तराईका जिल्लामा होली पर्व मनाइँदै, झापामा होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन ५ सय सुरक्षाकर्मी

Author Image
सोमवार, चैत १२, २०८०

झापा – आज सोमबार झापासहित तराईका जिल्लामा हर्सोउल्लासका साथ होली पर्व मनाइँदैछ झापामा होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन जिल्लाभर ५ सय सुरक्षाकर्मी परिचालित गरिने भएको छ ।  होलीलाई मित्रवत् पर्वको रुपमा मनाउन जिल्ला प्रहरी कार्यालय झापाले आम जिल्लावासीलाई अपिल गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले आईतवार  जिल्लाभरका इञ्चार्जहरुलाई प्रहरी कार्यालयमा बोलाएर होली लक्षित सुरक्षा योजनाका बारेमा निर्देशन दिइसकेको बताए। होली मनाउने क्रममा कसैको इच्छा विपरीत बाधा पुग्ने गरी रङ्ग नलगाउन, महिला तथा अपरिचित व्यक्तिहरूको मन्जुरी बिना जबरजस्ती होली खेल्नेलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरिने उनले बताए ।

साथै बालबालिकाहरूलाई होली खेल्ने, खेलाउने र लोला हान्ने कार्यमा प्रयोग नगर्न, घरको छतबाट लोला हान्ने, रङ्ग छ्याप्ने, जथाभाबी लोला हान्दा आपसी झैँ–झगडा बढाउने र अप्रिय घटनाहरू समेत निम्त्याउन सक्ने तथा लोला लागेर मान्छेहरू घाइते समेत हुन सक्ने हुँदा सभ्य तरिकाले होली मनाउन उनले आग्रह गरेका छन् ।

होली खेल्ने बाहानमा चोरी, लुटपाट जस्ता घटनाहरू समेत हुन सक्ने भएको हुँदा आफूले बोकेको पर्स, मोबाइल, आफूले लगाएको गरगहना सुरक्षित राख्न प्रहरीले अपिल गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर