Aamsanchar

हाेली खेल्ने क्रममा झडप : छुरा प्रहारबाट धरान र पाँचथरका २ युवाको ह*त्या, १८ जना पक्राउ

Author Image
सोमवार, चैत १२, २०८०

ललितपुर – ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुई जनाको हत्या भएको छ । राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिएका हुन् । ‘राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो । तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । ,’ उनले भने ।

मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताए । उनीहरूको शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ ।फागुपर्व मनाउने क्रममा विवाद भएको प्रहरीको अनुमान छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर