Aamsanchar

झारल काटेर भाग लगाउँदै गरेको अवस्थामा पक्राउ

Author Image
सोमवार, चैत १२, २०८०

डोल्पा – हिमाली जिल्ला डोल्पामा संरक्षित वन्यजन्तु झारल काट्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्। त्रिपुरासुन्दरी नगरपालिका-९ का ३६ वर्षीया लक्ष्मी नारायण पुनलाई झारल काटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

पुनलाई प्रहरी चौकी त्रिपुराकोटबाट प्रहरी नायव निरीक्षक रमेश सिंह ठकुरीको नेतृत्वमा गएको टोलीले खुकुरीसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले घटनास्थलबाट बरामद भएको हतियारसहित सबै प्रमाणहरू जिल्ला वन कार्यालय डोल्पालाई बुझाइएको बताए।

डिभिजन वन कार्यालय डोल्पाका प्रमुख मुन रावतले संरक्षित वन्यजन्तु भाग लगाउँदै गरेको घटनामा पक्राउ परेका अभियुक्तलाई प्रहरीले ल्याउँदै गरेकाले पुगेपछि मात्र अनुसन्धान सुरु गरिने बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर