Aamsanchar

नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्क विहिन

Author Image
मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ । नेपाल प्रहरीले सम्पर्कबिहीन रहेका २३ जना विभिन्न कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन सूचना जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै खोजतलास गर्दा पनि सम्पर्कमा नआएका २३ जना कर्मचारीलाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सूचना प्रकासित गरेको हो ।

तोकिएको अवधिमा पनि सम्पर्कमा नआए प्रहरी नियमावली २०७१ को उपनियम १ को खण्ड च अनुसार कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ ।

सम्पर्कबिहीन हुनेमा नेपाल प्रहरीका चार प्रहरी सहायक निरीक्षकसहितका २३ कर्मचारी रहेका छन् ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर