Aamsanchar

कुतकुते महादेवश्वर मन्दिरबाट मूर्ति चोरी गरेको आरोपमा एकजना पक्राउ

Author Image
मङ्गलवार, चैत १३, २०८०

काठमाडौं – धादिङको थाक्रे गाउँपालिका–६, महादेवबेसी बजारस्थित कुतकुते महादेवश्वर मन्दिरबाट मूर्ति चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

सोही गाउँपालिका–३, मल्डुङ बस्ने ३८ वर्षीय सीताराम घिमिरेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीमाथि मन्दिरमा रहेको राधाकृष्ण र गणेशको मूर्ति चोरी गरेको आरोप छ ।

घिमिरेले उक्त मन्दिरबाट मूर्ति चोरी गरी फरार भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर