Aamsanchar

इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि नेकपा तीनजनाको नाम सिफारिस

Author Image
मङ्गलवार, चैत १३, २०८०

इलाम – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि उम्मेदवारमा तीनजनाको नाम सिफारिस गरेको छ।

पार्टीको जिल्ला सचिवालयले जिल्ला सचिव हरिबाला राई, सचिवालय सदस्य जितबहादुर राई र केन्द्रीय परिषद् सदस्य पूर्णबहादुर बस्नेतको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला सदस्य चेतन अधिकारीले जानकारी दिए।

यसअघि नेकपा समाजवादीबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जिल्ला अध्यक्ष भक्त केसीसमेत उम्मेदवार बन्ने चर्चामा थिए। तर खनाल र केसीलाई पार्टीले वाम दलको साझा उम्मेदवार बन्ने अवस्था आउँदा मात्रै अघि सार्न खोजेको थियो।

नेकपा ९एमाले०ले पार्टीको एकल उम्मेदवार घोषणा गरेपछि नेकपा समाजवादीले खनाल र केसीलाई जिल्लाबाट सिफारिस नै नगरेको हो। इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदै छ। एमाले नेता सुवासचन्द्र नेम्बाङले चुनाव जितेको यो क्षेत्र गत भदौ २६ मा नेम्बाङको निधन भएपछि रिक्त छ।

नेकपा एमालेले अधिवक्ता एवं स्पोर्टिङ इलाम एफसी डी मेचीका अध्यक्ष सुहाङ नेम्वाङलाई उम्मेदवारको रूपमा अघि सारेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर