Aamsanchar

दुर्गा प्रसाईंका बडीगार्डले हतियार बोकेको कानुनसम्वत देखिएकाे सर्वाेच्चकाे ठहर

Author Image
मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्डले हतियार बोकेको विषय कानुनसम्वत रहेको भन्दै तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका बडीगार्ड रामकुमार धिमाल र दीपक खड्कालाई छाड्न आदेश दिएको हो।

लाइसेन्ससहितको हतियार बोक्दा प्रहरीले पक्राउ गरेको भन्दै उनीहरुका परिवारले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

उनीहरु यही चैत ५ गते सर्वोच्च परिसरबाट हतियारसहित पक्राउ परेका थिए। उनीहरूका साथबाट लाइसेन्स प्राप्त हतियार, त्यसमा लाग्ने गोली बरामद गरिएको थियो। उनीहरुको साथबाट जर्मनीमा बनेको स्वचालित हतियार र त्यसमा लाग्ने १०० थान गोलीका साथै चार थान म्यागेजिन पनि बरामद गरिएको थियो ।

अदालत भित्र हतियार लैजान नपाइने भएकाले अर्का बडिगार्ड धिमाललाई बोक्न दिनुलाई अन्यथा भन्न नमिल्ने अदालतले उल्लेख गरेको छ। आदेशमा इजाजत लिएर सर्तसहित हतियार बोकी हिंडेको कार्यलाई प्रचलित कानूनले कसुर गरेको नदेखिएको भनिएको छ।

सर्वोच्चले इजाजतपत्र दिन नहुने हतियार बोक्नका लागि इजाजत दिएको विषयमा भने छानबिन गर्न आदेश दिएको छ । आदेशमा न्यायिक निकाय वा अन्य सम्वेदनशिल क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा अविलम्ब आवश्यक कानूनी व्यवस्था गर्नु भनी गृह मन्त्रालयको नाउँमा आदेश जारी भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)