Aamsanchar

माओवादी केन्द्रले इलाम र बझाङको उपचुनावमा आफ्नै पार्टीको उम्मेदवार दिने

Author Image
बुधवार, चैत १४, २०८०

काठमाण्डौ – सत्तारुढ दल नेकपा माओवादी केन्द्रले इलाम र बझाङको उपचुनावमा आफ्नै पार्टीको उम्मेदवार दिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले प्रतिनिधि सभामा इलाम–२ र प्रदेश सभामा बझाङ–१ मा पार्टीको तर्फबाटै उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले उम्मेदवारको नाम भने छलफल गर्न बाँकी नै रहेको र अर्को बैठकबाट टुंगो लाग्ने बताउनुभयो । यसअघि एमालेले दुबै क्षेत्रमा उम्मदेवार टुंगो लगाइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर