Aamsanchar

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उमेदवार बनाउने

Author Image
बिहिवार, चैत १५, २०८०

झापा  – राप्रपाले इलाम-२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार चयन गरेको छ। राप्रपाले इलाम-२ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार पार्टीको आज बसेको संसदीय समितिको बैठकले गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको हो।

इलाम २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा बैशाख १५ गतेका लागि निर्वाचन घोषणा गरिएको छ। नेकपा एमालेले इलाम -२ मा सुहाङ नेम्बाङ र बझाङ प्रदेशसभा-१ मा दमन भण्डारीलाई उम्मेदवार बनाएको छ। कांग्रेस, माओवादी केन्द्र,एकीकृत समाजवादी र रास्वपाले पनि आ-आफ्ना उम्मेदवार उठाउने भएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर