Aamsanchar

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा

Author Image
बिहिवार, चैत १५, २०८०

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन्। उनले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा बुझाएकी हुन्।

उनी २०७९ माघ ३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन्।

सत्ता गठबन्धनमा अध्यक्ष नेकपा माओवादी केन्द्रबाट दाहाल निर्वाचित भएपछि सहमतिमा उनले राजीनामा दिएकी हुन्। नयाँ सत्ता समीकरण हुँदा चार दलबीच राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष एमालेले पाउने सहमति भएको थियो। यद्यपि एकीकृत समाजवादी पनि नयाँ सत्तासमीकरणमा सहभागी भएर हस्ताक्षर गर्दा भने उपाध्यक्षको विषय हटाइएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर