Aamsanchar

पत्रकार महासंघ झापाको निर्वाचन केन्द्रित प्रेस सेन्टर नेपाल झापाको बैठक सम्पन्न 

Author Image
बिहिवार, चैत १५, २०८०

बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाले आसन्न नेपाल पत्रकार महासंघ झापाको निर्वाचनलाई केन्द्रित गरी बिर्तामोडमा बुधबार बैठक सम्पन्न गरेको छ ।
सेन्टरका झापा अध्यक्ष राजु पाठकको अध्यक्षता तथा केन्द्रीय सचिवालय सदस्य दिपिन राई, केन्द्रीय सदस्य लीलाराज झापालीको आतिथ्यमा भएको बैठकले निर्वाचन लक्षित विभिन्न उपसमितिहरु गठन गरेको छ ।
बैठकले निर्वाचन परिचालन, अनुगमन उपसमिति सहित विभिन्न उपसमिति गठन गरेको हो । सेन्टरका झापा अध्यक्ष राजु पाठकको संयोजकत्वमा गठित निर्वाचन परिचालन तथा वार्ता समितिमा पुष्प खड्का र झुलन रेग्मी सदस्य रहेका छन् ।
त्यस्तै, केन्द्रीय सचिवालय सदस्य दिपिन राईको संयोजकत्वमा गठित अनुगमन उपसमितिमा लीलाराज झापाली र उद्धव पुरी सदस्य रहेका छन् । सेन्टरले प्रकाश उप्रेतीको संयोजकत्वमा २५ सदस्यीय प्रचार–प्रसार समिति गठन गरिएको सचिव पुष्प खड्काले जानकारी दिए ।
बैठकले आसन्न महासंघको निर्वाचनका लागि सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने समेत निर्णय गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर