Aamsanchar

राेङका दुई छाेरी आमाकाे दशगात्र कर्म गर्दै

Author Image
बिहिवार, चैत १५, २०८०

ईलाम- हिन्दूसंस्कार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काजकिरिया गर्ने चलन छ । मृत्युपछि छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले धर्म र संस्कृति अनुसार दशगात्र(काजकिरिया) कर्म गर्ने चलन छ । समयअनुसार समाजको सोच र परम्परा पनि बदलिँदैछ । छोरा नहुने आमाबुबाको मृत्युपछि स्वर्ग पुगिदैन् भन्ने सोंचलाई अहिले छोरीले तोड्न थालेका छन् ।

पुरानो मान्यता तोड्दै इलामको रोङ गाउँपालिकामा आमाको निधन पछि १८ बर्षीया गरिमा र १४ बर्षीया कृतिकाले आमा तारादेवि अर्याल (रिजाल) को मृत्यु कर्म गरिरहेका हुन् । रोङ गाउँपालिका –४ पहरीगाँउ निबासी ४५ बर्षिया आमा तारादेविको क्यान्सरका कारण कारण चैत्र १३ गते मृत्यु भएपछि २ छोरी अहिले दशगात्र कर्म गरिरहेका छन् । उनीहरु पुरुषले जस्तै सेतो वस्त्र लगाएर काम गरिरहछन् । स्वर्गीय रिजालकी तीन छोरीहरु रहेका छन् । छोरीहरुले नै दागबत्तीसमेत दिएका थिए । कान्छी छोरी योजना सानै भएकाले उनी भने उक्त कर्ममा सहभागी छैनन् । उनीहरु पत्रकार गणेश अर्यालका छोरी हुन् ।

अर्याल परिवारले चालेको कदम महिला पुरुषबिचको विभेद र असमानता विरुद्धको एउटा उदाहरण र सांस्कृतिक तथा सामाजिक परिवर्तनको संकेतको रुपमा आफुले लिएको रोङ गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासले बताउँनुभयो ।

अहिले अर्याल दिदी बहिनी परिवर्तनको संवाहक भएका छन् । यस कार्यले छोराले मात्रै काजकिरिया गर्नुपर्छ, नत्र स्वर्ग पुग्न सकिदैन भन्ने अन्धविस्वासलाई चुनौति दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर