Aamsanchar

कपनबाट गुण्डागर्दीमा संलग्न एक जना हतियार सहित पक्राउ

Author Image
शुक्रवार, चैत १६, २०८०

काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँको कपनबाट गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा लिम्बुलाई हतियार सहित पक्राउ गरेको छ । गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको अभियान अन्तर्गत कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरूको खोजतलास गर्ने क्रममा लिम्बु पक्राउ परेका हुन् ।शङ्कास्पद गतिविधिहरू गरेको सूचनाको आधारमा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ९ घर भई हाल सरस्वतीनगर कपन बस्ने वर्ष २८ को प्रशान्त पराङदेवा लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निजको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल एक थान, धारिलो चक्कु २ थान, फलामको हम्बर १ थान र मोबाइल २ थान सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर