Aamsanchar

इलाममा आत्महत्याको डरलाग्दो तथ्यांक आएकोले अध्ययन नै गर्नुपर्ने गृहमन्त्रीकाे भनाइ

Author Image
शनिवार, चैत १७, २०८०

झापा  – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण र राजश्व चुहावट नियन्त्रणमा गृह मन्त्रालय निर्मम भएको बताएका छन्।

शनिवार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सीमा वा विमानस्थलमा जहाँ भए पनि तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालयले निर्मम भएर काम गरिरहेको जानकारी दिए।

उनले आम नागरिकको शान्ति सुरक्षा आफूहरुको चासोको विषय रहेको उल्लेख गर्दै इलाममा लागुऔषध निकै ठूलो समस्या र चुनौतीका रुपमा देखिएको बताए।

उनले इलाममा आत्महत्याको डरलाग्दो तथ्यांक आएको जानकारी गराउँदै यसमा अध्ययन नै गर्नुपर्ने आवश्यकता औँल्याए। उनले स्थानीय र राष्ट्रिय चुनौतीसँग जुध्नका लागि सबै प्रतिबद्ध हुन जरुरी रहेको औँल्याए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर