Aamsanchar

जाँचपास नभएर बाह्रसय भन्दाबढी गाडी भन्सार ‘यार्ड’ मा थन्किए

Author Image
आइतवार, चैत १८, २०८०

पर्सा – पर्साको वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा धेरै गाडी जाँचपास नभएर भन्सार ‘यार्ड’ मा थन्किएका छन् । अटोमोबिल व्यवसायीले शोरुममा भएका गाडी बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका गाडीको जाँचपास गराउने गरेका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले कार्यालयमा मात्रै जाँसपास नभएका एक हजार दुई सयभन्दा धेरै इन्धनबाट चल्ने गाडी रहेका बताउनुभयो । कार्यालयका अनुसार भन्सार यार्डमा बस, ट्रक तथा च्यासिस र बडीलगायत छन् ।

अटोमोबिल्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापा आर्थिक मन्दीले दुई वर्षअघिदेखि नै गाडी भन्सारमा जाँचपास नभई थन्किरहेका बताउनुहुन्छ । त्यस्तै अहिले इन्धनबाट चल्ने गाडीको माग कम हुँदै गएको उहाँको भनाइ छ ।

पूर्वअध्यक्ष थापाकाअनुसार नयाँ गाडी खरिद गर्नेले अहिले ५० प्रतिशत नगद लगानी गर्नुपर्ने अनि बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत लगानी गर्नसमेत आनाकानी गरिहेकाले केही समस्या आएको हो । यद्यपि अहिले पनि विद्युतीय गाडीमा भने बैंक तथा वित्तीय संस्थाले ७० प्रतिशतसम्म फाइनान्सिङ गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)