Aamsanchar

वडाध्यक्ष अलि घुससहित पक्राउ

Author Image
आइतवार, चैत १८, २०८०

कपिलवस्तु-कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२ का अध्यक्ष उजेर अलि घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आइतबार उनलाई वडा कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

अलिले सेवाग्राहीसँग घर बाटो सिफारिस गर्ने नाममा घुस लिएको अवस्थामै उनी पक्राउ परेका हुन् । अख्तियारको टोलीले कार्यकक्षबाट घुससहित पक्राउ गरेको आयोगको कार्यालय बुटवलका सूचना अधिकारी तथा उपसचिव भेषराज रिजालले जानकारी दिनुभयो । उजेरबाट घुसवापत लिएको १५ हजार रकमसमेत बरामद गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर